कार्यालयको परिचय
वि.सं. २०३१ साल श्रावण २४ गते केन्द्रीय स्तरमा बन तथा भू संरक्षण मन्त्रालय अन्र्तगत भू तथा जलाधार संरक्षण विभाग र त्यसपछि जिल्लाहरुमा जिल्ला भू संरक्षण कार्यालयको रुपमा कार्यालय स्थापना गरी भू तथा जलाधार संरक्षण सम्बन्धी विभिन्न सेवामुलक एवं राहतमुलक कार्यक्रमहरु संचालन हुने क्रममा तनहुँ जिल्लामा वि.सं. २०४८ साल माघ २ गते भू तथा जलाधार व्यवस्थापन आयोजना कार्यालयको रुपमा स्थापना भएको र वि.सं. २०५०।०६।१४ को निर्णयानुसार जिल्ला भू संरक्षण कार्यालयको रुपमा भू संरक्षण तथा जलाधार व्यवस्थापनका सेवा प्रदान गर्दै आएको सन्दर्भमा आ.व. २०७४।७५ सम्म ६१ जिल्लाहरुमा रहेका साविकका जिल्ला भू संरक्षण कार्यालयहरु देश संघीय संरचनामा अगाडि बढेसँगै नेपाल सरकारको मिति २०७५।३।३२ को निर्णयानुसार खारेज भएका र मिति २०७५।०४।३० गतेको प्रदेश सरकार, गण्डकी प्रदेश(मन्त्रिपरिषद्) निर्णयानुसार प्रदेश सरकार मातहत रहने गरी यस गण्डकी प्रदेशमा कायम भएका दुई वटा भू तथा जलाधार व्यवस्थापन कार्यालय मध्ये यस तनहुँ स्थित साविकको जिल्ला भू संरक्षण कार्यालय रहेकै स्थानमा भू तथा जलाधार व्यवस्थापन कार्यालयको रुपमा मिति २०७५।०५।०१ गतेदेखि स्थापना भई प्रदेशका ६ जिल्लाहरु कास्की, तनहुँ, नवलपुर, गोरखा, लमजुङ र मनाङ जिल्ला कार्य क्षेत्र रहने गरी संबन्धित जिल्लाका स्थानीय जनताहरुलाई भूसंरक्षण संबन्धी सेवाहरु प्रदान गर्दै आएको छ । पूरा हेर्नुहोस…