Emblem Of Nepal

Gandaki Province Government

Ministry of Forest and Environment

Province Forest Directorate

Soil and Watershed Management Office

Tanahun

Nepali Flag

Program operation process

२१ माघ, २०८१

भू तथा जलाधार संरक्षण कार्यक्रम सञ्चालन प्रकृयाः

विशेषत भू तथा जलाधार संरक्षण कार्यक्रम कार्य क्षेत्रका जिल्लाका भू–क्षय, बाढी, पहिरोको दृष्टिबाट बढी संवेदनशील एवं प्राथमिकतामा परेको उप जलाधार क्षेत्रहरुमा समूह मार्फत जनताकै सहभागितामा सञ्चालन गर्ने गरिन्छ । नेपाल सरकारको श्रोत वा प्रदेश सरकारको श्रोत भएका सबै प्रकारका भू संरक्षण तथा जलाधार व्यवस्थापन कार्यक्रमहरु र संघीय एवं प्रदेश सरकारबाट अख्तियारी प्राप्त पर्यटन पूर्वाधार, वातावरण संरक्षण लगायतका अन्य कार्यक्रमहरु सरकारको नीति, योजना र निर्दिष्ट निर्देशिका बमोजिम सघन रुपमा समूहको योजनाको आधारमा सञ्चालन हुन्छन् । समस्याको संवेदनशीलताको आधारमा प्राथमिकता क्रममा पछाडि परेका उपजलाधारहरुमा पनि कार्यक्रम सञ्चालन गर्ने गरिन्छ । मुख्य रुपमा भू तथा जलाधार संरक्षण कार्यक्रम निम्न प्रकृया अनुसार सञ्चालन हुन्छन् ।

 निवेदन संकलन (गाउँपालिका । नगरपालिकाको सिफारिस सहित)
 निवेदन प्राथमिकीकरण एवं गाउँपालिका । नगरपालिकाको परिषदबाट छनौट भई पास भएको वा स्थानीय तहको सिफारिस पत्र ।
 प्राविधिकबाट फिल्ड जाँच, संभाव्यता अध्ययन तथा आधारभूत तथ्याङ्क विवरण संकलन ।
 लगत स्टीमेट एवं श्रोतको बाँडफाँड ।
 समूह र कार्यालय बीच कार्य सञ्चालनको लागि सम्झौता एवं सामग्री उपलब्ध ।
 उपभोक्ताको सक्रिय सहभागिताबाट योजना सञ्चालन ।
 योजनाको निरीक्षण तथा अनुगमन ।
 कार्य सम्पन्न भएपछि नाप जाँच, कार्य सम्पन्न भएपछि स्थानीय तहको सिफारिस पत्र सार्वजनिक लेखा परिक्षण र आवश्यक कागजात पेश ।
 बैंक खातामा रकम भुक्तानी ।

Related Legal Documents

No Data !!